अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

भारत महाराष्ट्रको रासायनिक कारखानामा विष्फोट हुँदा ८ जनाको ज्यान गयो

बिआरटीनेपाल २०८१ जेठ ११ गते ७:१२ मा प्रकाशित

भारत महाराष्ट्रको एक रासायनिक कारखानामा विष्फोट हुँदा ८ जनाको ज्यान गएको छ ।  ६० जना घाइते भएका छन् । ठाणे जिल्लाको डोम्बिवलीमा रहेको फ्याक्ट्रीमा विष्फोट हुँदा वरपरका घरमा समेत  क्षति पुगेको बीबीसी हिन्दीले जनाएको छ । महाराष्ट्र सरकारका अनुसार विष्फोटका कारण हिजो भएको आगलागीबाट अरु ३ वटा फ्याक्ट्रीमा पनि नोक्सानी भएको छ ।  १२ वटा गाडीमा आगलागी भएको छ ।

कामदारहरू फ्याक्ट्रीमा रसायनसँग सम्बन्धित काम गरिरहँदा आगलागी भएर विष्फोट भएको बताइएको छ । घटनापछि महाराष्ट्र सरकारले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ  क्षतिपूर्ति दिने घोषणा गरेको छ । घटनाबारे थप छानबिन हुने खबरमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू