अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३५ | Colorodo: 19:50

अमेरिकाकाे चेतावनी : इजरायलले प्यालेस्टिनी बैंकहरू बन्द गरे ‘मानवीय सङ्कट’ उत्पन्न हुन सक्छ

बिआरटीनेपाल २०८१ जेठ ११ गते ७:१० मा प्रकाशित

अमेरिकी वित्तमन्त्री जेनेट येलेनले इजरायलले प्यालेस्टिनी बैंकहरूका लागि महत्त्वपूर्ण वित्तीय च्यानल बन्द गरे ‘मानवीय सङ्कट’ को खतरा हुन सक्ने चेतावनी दिनुभएको छ । उहाँले आफू एक विशेषज्ञका रूपमा इजरायलको कारबाहीको धम्कीबाट चिन्तित रहेको बताउनुभएको अमेरिकी सञ्चारमाध्यम द न्यूयोर्क टाइम्सले जनाएको छ ।

इटालीमा भइरहेको जी–७ राष्ट्रका वित्तमन्त्रीहरूको बैठकमा येलेनले इजराइलबाट विद्युत्, पानी, इन्धन र खाद्यान्नसहित झन्डै आठ अर्ब डलर आयात गर्न सक्षम रहेको र प्यालेस्टिनीको जीविकोपार्जनसँग यो प्रत्यक्ष सम्बन्धित रहेको बताउनुभयो ।

इजरायलले प्यालेस्टिनी बैंकहरू बन्द गरे यसले निम्त्याउने सङ्कटका बारेमा एक महिनाअघि पत्र लेखेर प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सचेत गराएको अमेरिकी वित्तमन्त्री जेनेट येलेनले बताउनुभयो । इजराइलले प्यालेस्टिनीका लागि मानवीय सङ्कटको अवस्था सिर्जना गर्ने सङ्केततर्फ अरू देशले पनि ध्यानाकर्षण गराउनेमा आफू विश्वस्त रहेको उहाँकाे भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू