अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३३ | Colorodo: 23:48

सिङ्गापुर एअरलाइन्स ‘टर्ब्युलेन्स’ : २० जना यात्रुको मेरुदण्डमा गम्भीर चोट, आईसीयूमा उपचार चल्दै

बिआरटीनेपाल २०८१ जेठ ११ गते ७:०९ मा प्रकाशित

सिङ्गापुर एअरलाइन्सको उडानमा ‘टर्ब्युलेन्स’ अर्थात् हावामा अचानक हुने हलचलका कारण २० जना यात्रुको मेरुदण्डमा गम्भीर चोट लागेको पाइएको छ ।थाइल्यान्डको बैंककमा रहेको समितिभेज श्रीनकरिन अस्पतालका प्रमुख अदिनुन कित्तिरतानापाइबूलले अहिले ती २० जना यात्रुको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको बताउनुभएको बीबीसीले जनाएको छ । अस्पतालमा भर्ना हुनेमा एक जना दुई वर्षका बालक पनि रहेका छन् ।

विमानमा रहेका ४६ यात्रुसहित चालक दलका दुई सदस्यको अहिले पनि उपचार चलिरहेको खबरमा उल्लेख छ । गएको मङ्गलवार बेलायतको लन्डनबाट सिङ्गापुरका लागि उडेको एउटा विमानमा ‘टर्ब्युलेन्स’ उत्पन्न हुँदा एक जना यात्रुको ज्यान गएको थियो भने केही व्यक्ति घाइते भएका थिए । ‘टर्ब्युलेन्स’ का कारण त्यो विमान आकाशमा अकस्मात् निकै तल पुग्दा विमानभित्र यात्रु र सामानहरू उछिट्टिएका थिए । त्यसपछि विमानले बैंककमा आकस्मिक अवतरण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू