अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

नेपाली फुटबल टिमको सहायक प्रशिक्षकमा चेतन घिमिरे नियुक्त

बिआरटीनेपाल २०८१ जेठ ११ गते ७:०८ मा प्रकाशित

नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा चेतन घिमिरे नियुक्त हुनुभएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले शुक्रबार टिमको सहायक प्रशिक्षकको जिम्मेवारी घिमिरेलाई र गोलकिपर प्रशिक्षकको जिम्मेवारी मनिष तिमल्सिनालाई सुम्पिएको हो ।

उनीहरू यसअघि सहायक प्रशिक्षक रहेका प्रवेश कटुवाल र गोलकिपर प्रशिक्षक विनोद डंगोलको स्थानमा आएका हुन् । नेपाली टिमले फिफा विश्वकप छनोट–२०२६ अन्तर्गत दोस्रो चरणमा जुन ६ मा युनाइटेड अरब इमिरेट्स(यूएई) र जुन ११ मा यमनविरुद्ध खेल्ने तालिका छ । यी दुवै खेल साउदी अरेबियामा हुनेछन् ।

यसअघि यूएईविरुद्धको खेल नेपालमा हुने तालिका रहे पनि एसियन फुटबल महासंघ ९एएफसी०ले दशरथ रंगशाला अयोग्य रहेको बताएपछि खेल ुतटस्थ भूमिुमा सरेको हो । छनोटको समूह ‘एच’मा रहेको नेपालले हालसम्म चार खेल खेले पनि अंकको खाता खोल्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू