अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४३ | Colorodo: 19:58

सदनको गतिरोध अन्त्यका निम्ति पहल गर्ने एकीकृत समाजवादीको निर्णय

बिआरटीनेपाल २०८१ जेठ १० गते ६:२९ मा प्रकाशित

सत्तासाझेदार नेकपा ९एकीकृत समाजवादी०ले संसद्को गतिरोध अन्त्यका निम्ति पहल गर्ने निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले सदनको गतिरोध अन्त्य गर्न प्रतिपक्ष नेपाली कांग्रेस, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्ने निर्णय गरेको हो । एकीकृत समाजवादीका नेताहरू सदन अवरोधबारे छलफलका लागि पार्टीलाई छलफलमा नबोलाइएको गुनासो गर्दै आएका छन् ।

त्यस्तै, बैठकले पार्टीको महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेज जेठ १५ गते जिल्लामा पठाउने निर्णय गरेको छ । प्रचार विभागका अनुसार छलफलका लागि जिल्लामा पठाउने निर्णय भएको हो । पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार महाधिवेशनको खाद्य, आवास, प्रचारलगायका व्यवस्थापनका विषयमा छलफल भएको छ । एकीकृत समाजवादीको महाधिवेशन आउँदो असार १६–२० काठमाडौंमा गर्ने तय भएको छ । एकीकृत समाजवादीको अर्को सचिवालय बैठक जेठ १४ गते बस्ने तय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू