अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

विद्युतीय ‘चिप’ उद्याेगका लागि दक्षिण कोरियाद्वारा १९ अर्ब डलरको सहायता योजना घोषणा

बिआरटीनेपाल २०८१ जेठ १० गते ६:१७ मा प्रकाशित

दक्षिण कोरियाले विद्युतीय चीप उद्योगका लागि १९ अर्ब डलरको सहायता योजनाको घोषणा गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले देशमा स्थापना भइसकेका र अब स्थापना हुने चिप उद्योगका लागि १९ अर्ब डलरको सहायता योजनाको घोषणा गर्नुभएको रोयटर्सले जनाएको छ ।अहिले विश्व चिप युद्धमा प्रवेश गरेको र यो युद्धमा चीन र दक्षिण कोरियाबीच प्रतिस्पर्धा चलिरहेको विश्लेषण भइरहेको छ । यस्तो समयमा दक्षिण कोरियाले चीप उद्योगमा लगानी सहजीकरण र सहायता योजनाको घोषणा गर्नुलाई महत्त्वका साथ हेरिएको छ । अहिले दक्षिण कोरियामा चिप बनाइरहेका सामसङ र एसके हाइनिक्स विश्वकै ठूला कम्पनी मानिन्छन् ।

चिप उद्योगको वृद्धिले एकातिर अहिलेको प्रतिस्पर्धात्मक विश्वमा दक्षिण कोरिया पहिलो नम्बरमा पुग्ने र अर्कोतिर रोजगारी वृद्धिसँगै देशकै अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने सरकारले जनाएको छ । अहिले दक्षिण कोरियाले राजधानी सियोलबाहिर एउटा ‘मेगा चिप कलस्टर’ को निर्माण गरिरहेको छ । विश्वकै ठूलो मानिएको एउटा उद्योगमा मात्रै हजारौँ रोजगारी सृजना हुने अपेक्षा छ । गएको मार्चमा मात्रै कोरियाले झन्डै १२ अर्ब डलर बराबरको चिप निर्यात गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू