अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२५ | Colorodo: 19:40

एशिया कपका लागि इन्दु बर्माको कप्तानीमा प्रारम्भिक टोली घोषणा

बिआरटीनेपाल २०८१ जेठ १० गते ६:११ मा प्रकाशित

एसीसी महिला एशिया कप क्रिकेटको बन्द प्रशिक्षणका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले लागि आज इन्दु बर्माको कप्तानीमा २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।

टोलीमा कप्तान बर्मासँगै रुबिना क्षेत्री, सीता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ, पूजा महतो, डोली भट्ट, विन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, राजमती ऐरी रहेका छन् । यस्तै सबनम राई, रुबी पोदार, खुशी डङ्गोल, लक्ष्मी साउद, एलिशा खडिया, अप्सरी बेगम, करुणा भण्डारी, अश्मिना कर्माचार्य, सङ्गीता राई, आरती महतो, सावित्री धामी, यशोदा विष्ट, सोनी पाखरिन र हेलिशा गुरुङ प्रारम्भिक टोलीमा अटाएका छन् ।

आउँदो जुलाई १९ देखि २८ तारिखसम्म श्रीलङ्कामा हुने महिला एशिया कप प्रतियोगितामा नेपाल रहेको समूह ‘ए’ मा भारत, पाकिस्तान र यूएई पनि छन् । यस्तै समूह ‘बी’ मा बङ्ग्लादेश, मलेसिया, श्रीलङ्का र थाइल्यान्ड छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू