अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०० | Colorodo: 20:15

विश्वकप तयारीका लागि गर्नसक्ने गरेका छौं : पारस

बिआरटीनेपाल २०८१ जेठ १० गते ५:५९ मा प्रकाशित

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले ट्वान्टी–२० विश्वकपको तयारीका लागि क्यानले गर्नसक्ने जति गरेर नै नेपाली टोली विश्वकप यात्रामा होमिएको उल्लेख गर्नुभएको छ । विश्वकपको तयारीका बारेमा न्युज एजेन्सी नेपालले गरेको कुराकानीमा पूर्वकप्तानसमेत रहनुभएका पारसले विश्वकप अगाडि नेपालले म्याच एक्सपोजर र अन्य आवश्यक सुविधाका विषयमा क्यानले राम्रो तयारी गरेको उल्लेख गर्नुभएको हो । उहाँले विश्वकपअगाडि ४० देखि ५० वटा ट्वान्टी–२० विश्वकप खेल्नुपर्छ भन्ने उद्देश्यअनुरूप नै नेपाली टोलीले क्रिकेट खेलेको बताउनुभयो । फरकफरक कन्डिसनमा लगातार क्रिकेट खेलेको उहाँको भनाइ छ । यी सबै तयारी हेर्दा क्यानले खेलाडीलाई सबैथोक दिएको उहाँको विश्वास छ ।

पूर्वकप्तान पारसले नेपाली टोलीबाट समर्थकले धेरै नै अपेक्षा गर्ने गरेको बताउनुभयो । सामाजिक सञ्जालको माहोल नेपालले विश्वकप नै जित्नुपर्छ भन्ने खालको पनि रहेको पनि बताउनुभयो । खेलाडीले राम्रो खेले खुशी हुनु राम्रो भएको तर नराम्रो हुँदा धेरै आलोचना गर्न नहुने उहाँले बताउनुभयो । नेपालको साधनश्रोत भन्दा बढी अपेक्षा गर्न नहुने उहाँको तर्क पनि छ ।अधिकांश टोलीले अमेरिका र वेस्ट इण्डिजमा नै बेस बनाएर तयारी गरिरहेको उहाँले बताउनुभयो । खेलाडीमाथि धेरै दबाब सिर्जना गर्न नहुने र अहिले विश्वकप खेलेको सेलिब्रेसन गर्ने अवस्था रहेको क्यानका सचिव पारसको बुझाइ छ ।

क्यानका सचिव पारसले नेपाली टोलीमा सन्दीप जोडिने भएपछि टोलीमा नै आत्मविश्वास बढेको उल्लेख गर्नुभयो । पछिल्लो समय सन्दीपको कमी भएको र सन्दीपको मुद्दाको टुङ्गो लागेकाले टोलीमा जोडिँदा आत्मविश्वास खेलाडीमा बढेको उहाँको धारणा छ । उनलाई कुन खेलाडीको स्थानमा राख्ने भन्ने जिम्मेवारी टिम सेलेक्टरमा नै छाडिएको पारसले उल्लेख गर्नुभयो । हाल नेपाली टोली वेस्ट इण्डिजमा अभ्यास सकेर अमेरिका पुगिसकेको छ । विश्वकप अगाडि नेपालले अमेरिकामा अभ्यास खेल पनि खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू