अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२ | Colorodo: 19:57

सहकारी पीडितद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

बिआरटीनेपाल २०८१ जेठ ९ गते ५:२१ मा प्रकाशित

सरकारले आफूहरूसँग भएको सहमति कार्यान्वयन नगरेको भन्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले सरकारले कुनै पनि सम्झौता कार्यान्वयनन नगरेको कारण तेस्रो चरणको आन्दोलन घोषणा गरिएको जनाएको हो। महासंघका अध्यक्ष कुस्लभ केसीले सरकारले आफूहरूसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको बताउनुभयो। जेठ ११ गते ११ बजे माइतीघर मण्डलाबाट तेस्रो चरणको आन्दोलन सुरु हुने र रिले अनशन सुरु गर्ने उहाँको भनाई छ ।

सहकारी पीडितहरूको माग पूरा नभएसम्म अब आन्दोलन देशैभर सशक्तरूपमा अगाडि बढ्ने उहाँको भनाइ छ। उनले आफूहरूले तत्कालीन भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीसँग विभिन्न सम्झौता गरे पनि अहिलेसम्म ती सम्झौता तथा सहमति पालना नभएको आरोप लगाउनुभयो। उनीहरूले सहकारी पीडितहरूले न्याय नपाए न्याय नपाए देशभरका सहकारी पीडितहरूले चुनाव बहिस्कार गर्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू