अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१९ | Colorodo: 19:34

विदेश पठाइदिने भन्दै ३० लाख रुपैयाँ ठगी गरेकाे आराेपमा काठमाण्डाैबाट ३ जना पक्राउ

बिआरटीनेपाल २०८१ जेठ ९ गते ४:४५ मा प्रकाशित

काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीमा पठाइदिने भनेर ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । आकर्षक तलबको प्रलोभनमा पारि चार जना व्यक्तिबाट ३० लाख रुपैयाँभन्दा धेरै रकम ठगी गरेको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरेको कार्यालयले जनाएको छ । पक्राउ पर्नेहरूमा कैलालीको भजनी गाउँपालिका–१ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–१ बस्ने विशाल हमाल, काठमाण्डाै महानगरपालिका0७ चाबहिल बस्ने प्रशान्त पण्डित र सप्तरीकाे कोइलाली गाउँपालिका–३ घर भई काठमाण्डाै–३२ तीनकुने बस्नेसैलेश कुमार झा रहेका छन् ।

प्रहरीका अनुसार विशालले अमेरिका पठाइदिन्छु भन्दै दुई जना पीडितबाट १६ लाख ७० हजार, प्रशान्तले अस्ट्रेलिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट आठ लाख र सैलेशले बेलायत पठाइदिन्छु भन्दै एक जना पीडितबाट पाँच लाख ४० हजार रुपैयाँ ठगी गरेको खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू