अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेकोमा विरोध गर्दै प्रधानमन्त्रीलाई सम्पादकहरूको पत्र

बिआरटीनेपाल २०८१ जेठ ९ गते ४:४४ मा प्रकाशित

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गरेकोमा आपत्ति जनाउँदै विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संयुक्त पत्र पठाएका छन् । सम्पाकहरूले प्रधानमन्त्री प्रचण्डलाई पाँच बुँदे पत्र लेखेर राज्यले सृजना गरेको त्राससँग कुनै सम्झौता नगर्ने चेतावनीसमेत दिएका छन् । सिरोहियाले कानुन विपरीत काम गरेको भए तोकेबमोजिम सजाय भोग्नुपर्ने भन्दै सम्पादकहरूले त्यसका लागि आफू तयार रहेको भनी सिरोहिया स्वयंले समेत भनेको अवस्थामा गिरफ्तारीको बाटोमा राज्य किन लाग्यो भनी प्रश्न गरेका छन् ।

यसैबीच प्रधानमन्त्री प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई व्यक्तिगत प्रतिशोधबाट नभई अदालती प्रक्रियाबाट नै पक्राउ गरेको बताउनुभएको छ । ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई सम्बोधनपछि सञ्चारकर्मीसँगको प्रश्नमा उहाँले अदालतले प्रक्रिया अघि बढाउन आदेश दिएपछि पक्राउ गरिएको बताउनुभयो । यस विषयमा धेरै होहल्ला गर्न जरुरी नरहेको भन्दै प्रधानमन्त्रीले अदालती प्रक्रियाबाट सिरोहिया निर्दोष हुने र सहजै छुट्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू