अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२२ | Colorodo: 03:37

सरकार लगानी सम्मेलनमार्फत राष्ट्रिय पुँजीलाई उत्पादनमा जोड्न क्रियाशील छ : मन्त्री भण्डारी

बिआरटीनेपाल २०८१ वैशाख १५ गते ५:५५ मा प्रकाशित

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले लगानी सम्मेलनमार्फत राष्ट्रिय पुँजीलाई उत्पादनसँग जोड्न चाहेको बताउनुभएको छ । लगानी सम्मेलनको सम्मुखमा मन्त्री भण्डारीले राष्ट्रिय पुँजीलाई उत्पादन र उद्यमशीलतामा जोड्ने गरी अघि बढाउन सरकार क्रियाशील रहेको बताउनुभयो ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पनि सोही कुरामा केन्द्रित रहेर आउने दाबी गर्नुभयो । मन्त्री भण्डारीले सरकारले जनतामा विद्यामान निराशालाई चिरेर अघि बढ्ने गरी न्युनतम साझा नीतिगत प्राथमिकता र संकल्प अघि सारेको पनि दोहो¥याउनुभयो । उहाँले सरकारले तयार पारेको नीतिगत प्राथमिकता र संकल्पको आधारमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आउने पनि बताउनुभयो ।

मन्त्री भण्डारीले वर्तमान सरकारले नीतिगत आधारित बजेटको व्यवस्था गर्ने बताउनुभयो ।

प्रतिक्रिया