अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३७ | Colorodo: 21:52

कार्यालय समयमा निजी स्वास्थ्य संस्थामा काम गरे कारबाही हुने

बिआरटीनेपाल २०८१ वैशाख १२ गते ८:२४ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा निजी स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीलाई कारबाही गर्ने भएको छ । कार्यालय समयमा अस्पताल, क्लिनिक, मेडिकल तथा नर्सिङ होममा काम गरेको पाइएपछि मन्त्रालयले कारबाहीको चेतावनी दिएको हो  ।

आफूले निजी क्षेत्रमार्फत् सेवा दिएकोबारे विज्ञापन समेत गरेको पाइएकाले त्यसो नगर्न मन्त्रालयले सचेत गराएको छ । कानुन, नैतिकता र आचरणविपरीत यस्तो कार्य गरेको पाइएमा स्वास्थ्य सेवा ऐन २०५३ अनुसार कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू