अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३७ | Colorodo: 03:52

दल निकट शिक्षक सङ्गठनका कारण एसईईको उत्तरपुस्तिका परीक्षण रोकियो

बिआरटीनेपाल २०८१ वैशाख १२ गते ८:२३ मा प्रकाशित

पारिश्रमिक कम भएको भन्दै शिक्षकहरूले काठमाण्डाै र ललितपुरको परीक्षण केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण रोकेका छन् । प्रमुख तीन दल निकटका शिक्षक सङ्गठनहरूले विज्ञप्ति निकालेर पारिश्रमिक नबढाएसम्म उत्तरपुस्तिका परीक्षण गर्न नसक्ने बताएका हुन् ।परीक्षा नियन्त्रण कार्यालयले गरेको आह्वानअनुसार आवेदन दिएर छनाेट भएकामध्ये आइतवार ललितपुर र सोमवार काठमाण्डाैका शिक्षकहरूको अभिमुखीकरण भएको थियो । ललितपुरमा सोमवार र काठमाण्डाैमा हिजोदेखि उत्तरपुस्तिका परीक्षण शुरु हुनुपर्ने थियो । तर अझै शुरु भएको छैन ।

अहिले एसईईको उत्तरपुस्तिका परीक्षणको २४ रुपैयाँ र सम्परीक्षणको छ रुपैयाँ पारिश्रमिक तोकेको छ । एक जना शिक्षकले औसतमा तीन सय जना विद्यार्थीको उत्तरपुस्तिका जाँच्न पाउँछन् । दल निकट शिक्षक सङ्गठनहरूले कक्षा १२ को उत्तरपुस्तिका परीक्षणका लागि दिइने समान अर्थात् प्रतिउत्तर पुस्तिका ३० रुपैयाँ पाउनुपर्ने माग गरेका छन् । उत्तरपुस्तिका जाँच गर्न आफैँले आवेदन दिएर तालिमसमेत लिएपछि शिक्षकहरूले पैसा नबढाए कापी नजाँच्ने अडान लिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू