अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१५ | Colorodo: 18:30

२०७२ सालको भूकम्पको सम्झनामा फोटो प्रदर्शनी

बिआरटीनेपाल २०८१ वैशाख १२ गते ८:०० मा प्रकाशित

२०७२ साल बैशाख १२ गते गएको गोरखा भूकम्पको सम्झनामा वृहत फोटो प्रदर्शनी गरिएको छ । खानी तथा भूगर्भ विभाग र सम्भायिका समाज नेपालको संयुक्त आयोजनामा विभागको प्राङ्गणमा २०७२ साल बैशाख १२ गते गएको गोरखा भूकम्पको सम्झनामा वृहत फोटो प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा २०७२ सालमा गोरखा भूकम्पका क्रममा खिचिएका फोटोहरु राखिएको थियो । साथै अघिल्लो वर्ष जाजरकोट र बझाङमा गएको भूकम्पका क्रममा खिचिएका र संकलन गरिएका फोटोहरु पनि प्रदर्शनीमा राखिएको थियो ।

प्रदर्शनीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै खानी तथा भूगर्भ विभागका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भूकम्पलाई बिर्सिने गरिएको भन्दै विगतमा भूकम्पले गरेका क्षति देखाउँदै यसप्रति सचेत गराउनका लागि प्रदर्शनी गरिएको बताउनुभयो । उहाँले नेपाल भूकम्पको जोखिममा रहेको देश भएको भन्दै यो कुरालाई बुझाइराख्न र भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि सचेत गराउनका लागि फोटो प्रदर्शनी गरिएको बताउनुभयो ।

डा. अधिकारीले शहरमा भवन आचारसंहिता अनुरुपको घरहरु बनेपनि गाउँघरमा भने भवन आचारसंहिताको पालना नगरेको देखिएको बताउनुभयो । उहाँले आगामी दिनमा भवन असुक्षित बनाउन नदिन राज्यले सोच्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू