अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०९ | Colorodo: 10:24

सन्दीपविरुद्धको मुद्दाको अर्को पेशी वैशाख १६ गते

बिआरटीनेपाल २०८१ वैशाख १० गते ८:१४ मा प्रकाशित

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ । सोमवारलाई तोकिएको पेशी हेर्न नभ्याइने सूचीमा परेको हो । अब आगामी सुनुवाइका लागि वैशाख १६ गते आइतवारका लागि पेशी तोकिएको पाटन उच्च अदालतका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोप लगाएकी छिन् । उनको मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ । यसअघि काठमाडौं जिल्ला अदालतले भने उनी दोषी रहेको ठहर गर्दै ८ वर्षको सजाय तोकेको छ । यसपछि उनी पुनरावेदनका लागि उच्च अदालत गएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू