अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२२ | Colorodo: 23:37

कतारका राजालाई राष्ट्रपतिले विमानस्थलमा स्वागत गर्ने

बिआरटीनेपाल २०८१ वैशाख १० गते ८:२२ मा प्रकाशित

कतारका राजा शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुनेभएको छ । दुई दिने राजकीय भ्रमणका लागि भोलि नेपाल आउन लागेका राजा थानीलाई राष्ट्रपति पौडेलले विमानस्थलमा स्वागत गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। उहाँको स्वागतका लागि सरकारले भोलि सार्वजनिक बिदा समेत दिएको छ। भ्रमणका क्रममा थानीले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेट गर्नुहुनेछ । पौडेलले उहाँको सम्मानमा राजकीय भोजको समेत आयोजना गर्ने कार्यक्रम तय भएको छ।

थानी मंगलबार बेलुका काठमाडौं आइपुग्नुहुने छ । थानीले बुधबार प्रधानमन्त्री प्रचण्डसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेलको निमन्त्रणमा आउन लाग्नुभएका उहाँ बुधबार फर्कने कार्यतालिका छ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू