अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१४ | Colorodo: 15:29

शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा

बिआरटीनेपाल २०८१ वैशाख ९ गते ७:४० मा प्रकाशित

भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाले सुनुवाइ पुरा नभएपछि सो मुद्दा हेर्दाहेर्दैमा राख्नुभएको हो ।

निलम्बित सचिव टेकनारायण पाण्डेसहितका प्रतिवादीहरूले पाटन उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए । पाण्डेले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट पनि दर्ता गराएका छन् ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसभाषद् आङटावा शेर्पा, डा.इन्द्रजित राई, शमशेर मियाँ, केशव दुलाल र सानु भण्डारी सहितका १० जनाले उच्चको आदेशविरुद्ध सर्वोच्चमा अपिल गरेका हुन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू