अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४२ | Colorodo: 14:57

नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेलविरुद्ध फेरि अर्को भ्रष्टाचार मुद्दा

बिआरटीनेपाल २०८१ वैशाख ९ गते ६:५७ मा प्रकाशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले आज विशेष अदालतमा दायर गरेकाे मुद्दामा पौडेलबाट २३ करोड ७५ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ । आम्दानीको तुलनामा अस्वाभाविक आर्जन देखिएको भन्दै अख्तियारले अकूत सम्पत्ति कमाएको निष्कर्ष निकालेको छ ।

गएको असोजमा दायर भएको ‘पेमेन्ट गेटवे’ को मुद्दामा उनलाई विशेष अदालतले अस्ति शुक्रवार मात्रै दोषी ठहर गरेको छ । याे मुद्दामा अदालतले आउँदो २५ गते फैसला सुनाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू