अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२९ | Colorodo: 16:44

संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी सेना फिलिपिन्समा, महिला हिंसा र दुर्व्यवहार बढ्ने चिन्ता

बिआरटीनेपाल २०८१ वैशाख ९ गते ७:२७ मा प्रकाशित

संयुक्त सैन्य अभ्यासका लागि ११ हजार जना अमेरिकी सेना फिलिपिन्स पुगेपछि महिला हिंसा र यौन दुर्व्यवहारकाे चिन्ता थपिएको अधिकारकर्मीले जनाएका छन् ।महिला अधिकारकर्मीका विभिन्न सङ्गठनको एक गठबन्धनले संयुक्त सैन्य अभ्यासमा भाग लिनका लागि ११ हजार जनाभन्दा बढी अमेरिकी सैनिकको उपस्थितिले ठूलो चिन्ता थपेको बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । अमेरिकी सैन्य अड्डाका लागि तोकिएको क्षेत्रमा महिलाविरुद्ध हिंसा, विशेषगरी वेश्यावृत्ति र यौन दुर्व्यवहारमा वृद्धि हुन सक्ने अधिकारकर्मीले चेतावनी दिएका छन् ।

महिला अधिकारवादी सङ्गठन गब्रिएलाका महासचिव क्लेरिस पाल्सेले भिजिटिङ फोर्स एग्रिमेन्ट (भीएफए) र एन्हान्स्ड डिफेन्स को–अपरेशन एग्रिमेन्ट जस्ता असमान सैन्य सम्झौताले अमेरिकी सैनिकलाई अपराधबाट उन्मुक्ति दिएकाले महिला पीडित हुन सक्ने बताउनुभएको खबरमा उल्लेख छ । अमेरिकी सेनालाई फिलिपिन्सको कानुनअन्तर्गत उत्तरदायित्वको सामना नगरि अपराध गर्न र फिलिपिन्समा दुर्व्यवहार गर्न लाइसेन्स प्रदान गरेको उहाँको आरोप छ । ११ हजार अमेरिकी र ५० हजार जना फिलिपिनी सैनिकको सहभागितामा यही अप्रिल र जुन महिनामा संयुक्त अभ्यास चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू