अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२३ | Colorodo: 09:38

मध्य अफ्रिकी गणतन्त्रमा डुङ्गा डुब्दा १५ जनाको मृत्यु

बिआरटीनेपाल २०८१ वैशाख ९ गते ६:५४ मा प्रकाशित

सेन्ट्रल अफ्रिकन रिपब्लिकको राजधानी बान्गुईको मपोको नदीमा डुङ्गा डुब्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ । ओम्बेल्ला–म्पोको प्रान्तको बिम्बोको कम्युनमा रहेको मोकेलो गाउँतर्फ जाँदै गरेको एउटा डुङ्गामा ३ सय भन्दा बढी मानिस चढेका थिए । बालबालिका र महिलासहित धेरै घाइते छन् भने धेरै बेपत्ता छन् ।

नौसैनिक र जेंडरमेरी बलहरूले बेपत्ताको खोजी जारी राखेका छन् । प्रत्यक्षदर्शीका अनुसार डुंगामा बढी मानिस चढेका कारण डुबेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू