अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०२ | Colorodo: 12:17

अमेरिकामा राहत प्याकेज प्रस्ताव पारित

बिआरटीनेपाल २०८१ वैशाख ९ गते ६:३६ मा प्रकाशित

अमेरिकी प्रतिनिधि सभाको तल्लो सदनले युक्रेन र गाजामा मानवीय सहायता सम्बन्धि राहत प्याकेजको प्रस्ताव पारित गरेको छ । सदनले युक्रेनलाई ६१ अर्व अमेरिकी डलर बराबरको राहत प्याकेज दिने प्रस्ताव पारित गर्दा गाजा र इजरायलका लागि भने २६ अर्व अमेरिकी डलर दिने निर्णय गरेको छ ।अमेरिकी राष्ट्रपति जो बाइडेनको अपील अनुसार अमेरिकी संसदमा प्रस्ताव पेश भएको हो । प्रस्तावमा ताइवानसहित इन्डो प्यासिफिक क्षेत्रले आठ अर्ब डलर बराबरको रकम र सैन्य सहयोग पाउने भएको छ ।

अमेरिकाले राहत प्याकेज चाँडै पारित नगरेमा रुसले युक्रेनमाथि विजय प्राप्त गर्न सक्ने र यो अमेरिका र युरोपका लागि खतरनाक हुने आंकलनका साथ राष्ट्रपती बाइडेनले यो प्रस्ताव सदनमा पेश गर्नु भएको हो । प्रस्ताव पारित भएसंगै अमेरिकाले आज भोलीमा युक्रेन र इजरयाल तथा गाजामा उक्त रकम बराबरको राहत प्याकेज पुर्‍याउने भएको छ ।

रुससँगको युद्धमा युक्रेनले आफुहरुसँग मिसाइल र हवाई हमला प्रतिरक्षा प्रणाली अभाव हुँदै गएको भन्दै अमेरिका लगायत पश्चिमा राष्ट्रहरुसँग सहयोगका लागि अपील गर्दै आएकोमा यो राहत प्याकेज प्रस्ताव पारित हुनुले युक्रेनलाई ठुलो राहत मिलेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू