अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१२ | Colorodo: 20:27

केन्यामा हेलिकोप्टर दुर्घटना हुँदा सेना प्रमुखसहित १० जना वरिष्ठ कमाण्डरको ज्यान गयो

बिआरटीनेपाल २०८१ वैशाख ७ गते ७:३७ मा प्रकाशित

केन्यामा हेलिकोप्टर दुर्घटना हुँदा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना वरिष्ठ कमाण्डरको ज्यान गएको छ । केन्याका राष्ट्रपति विलियम रुटोले देशको उत्तर–पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा उनीहरूको ज्यान गएको बताउनुभएको कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।

एउटा प्राथमिक विद्यालयबाट उडेको हेलिकप्टर स्थानीय समयअनुसार दिउँसो २ बजेर २० मिनेटमा तल खसेर आगलागी भएको थियो । सेना प्रमुखसहितका कमाण्डरहरू समस्याग्रस्त क्षेत्रका डाकुहरूसँग लड्न तथा चलिरहेको विद्यालय नवीकरण कार्यको निरीक्षण गर्न खटिएका सेनाहरूलाई भेट्न गएका थिए । राष्ट्रपति रुटोले केन्यामा आजदेखि तीन दिनका लागि शोक मनाउने घोषणा गर्नुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू