अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५७
| Colorodo: 06:12
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार बिस्तार गर्नुभएको छ । मुख्यमन्त्री महराले एमालेबाट चार, नागरिक उन्मुक्ति र स्वतन्त्रबाट एक/एक गरी छ जना विना विभागीय मन्त्री नियुक्त गर्नुभएको हो ।
एमालेका भूमिश्वर ढकाल, रत्नबहादुर खत्री, अर्जुनकुमार केसी र दिनेश पन्थी रहनुभएको छ भने नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र स्वतन्त्रबाट निर्वाचित खड्ग बस्नेत विना विभागीय मन्त्री नियुक्त हुनुभएको छ ।
मुख्यमन्त्री महराले यसअघि नियुक्त हुनुभएका तीन जना विना विभागीय मन्त्रीहरु चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, दीपेन्द्रकुमार पुनमगरलाई स्वास्थ्य मन्त्रायल र भण्डारीलाल अहिरलाई कृषि तथा भूमिव्यवस्था मन्त्रालयको जिम्मेवारी तोक्नुभएको छ । आज बिस्तार गरिएको मन्त्रिमण्डलसँगै लुम्बिनी प्रदेश सरकार १० सदस्यीय पुगेको छ ।