अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४९ | Colorodo: 07:04

त्रिवि सेवा आयोग सदस्यका लागि ७ र ८ वैशाखमा अन्तर्वार्ता

बिआरटीनेपाल २०८१ वैशाख ५ गते ७:४४ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको रिक्त सदस्य पदका लागि ७ र ८ वैशाखमा प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुने भएको छ ।सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आवेदकहरूको नामावली प्रकाशन गर्दै प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुने कार्यतालिका प्रकाशित गरेको हो ।

समितिका अनुसार नियुक्तिको लागि दरखास्त पेस गरेकामध्ये दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको कार्ययोजना सहितको सोचपत्र प्रस्तुतीकरण र अन्तर्वार्ता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुनेछ । समितिका अनुसार पहिलो दिन दिउँसो २ बजेदेखि प्रा. डा.खगेन्द्रप्रसाद लुईंटेल, प्रा. डा.राजनारायण यादव, प्रा. डा. मुकुन्दप्रसाद क्षेत्री र प्रा. डा. लालप्रसाद अम्गाईंको कार्ययोजना प्रस्तुत हुनेछ ।

भोलिपल्ट प्रा. डा.सञ्जय आचार्य, प्रा.डा.अजय भट्टराई, प्रा. डा. ज्ञानबहादुर थापा र प्रा. डा.नवराज कट्टेलको प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेछ । रिक्त पदका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १८ चैतमा आवेदन माग गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू