अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३३ | Colorodo: 13:48

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटघाट, समसामयिक विषयमा छलफल

बिआरटीनेपाल २०८१ वैशाख ५ गते ७:३५ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बुधबार अपरान्ह राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । सरकारले लगानी सम्मेलनलाई लक्षित गरेर विभिन्न अध्यादेश ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू