अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०६ | Colorodo: 21:21

रामनवमी पर्व मनाईयो, देशभरका राममन्दिरमा भक्तजनको भीड

बिआरटीनेपाल २०८१ वैशाख ५ गते ७:२३ मा प्रकाशित

आज राम नवमी । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिनलाई राम नवमीका रुपमा मनाउने गरिन्छ । मर्यादा पुरुषोत्तम भगवान श्रीरामको सम्झनामा आज श्रद्धा र भक्तिपूर्वक देशभर रामनवमी पर्व मनाइँएको छ । सो अवसरमा बत्तिसपुतलीस्थित र पशुपतिनाथस्थित राम मन्दिर परिसरमा भक्तालुहरुको भीड लागेको छ । असत्यमाथि सत्यको विजय तथा भगवान श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान रामचन्द्रका मठमन्दिरमा पूजापाठ गरिन्छ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीका सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ । त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।

बत्तिसपुतली राममन्दिरका मुल पुजारी हरिप्रसाद अधिकारीले रामनवमी राक्षसहरुले देवताहरुलाई दुःख दिएर पृथ्वीले थाम्न नसकेपछि सबै देवताहरु भगवानकोमा गएको र म मनुष्य अवतारमा धर्तीमा जन्म लिएर राक्षसहरुको अन्त्य गर्नेछु भन्ने वचन दिएपछि देवताहरु आफ्नो लोकमा फर्किएको बताउनु शास्त्रमा रहेको बताउनुभयो । उहाँले पछि दशरथको पुत्र भएर जन्मिनुभएको र श्रीराम वनवास सवारी भएको बताउनुभयो । राक्षसहरु मार्दै गएर बाँदर सेनाको साथमा गएर लंकामा रावणको वध गर्नुभएको बताउनु भयो । उहाँले आज श्रीरामको जन्मदिन भएकाले जन्मोत्सव मनाइएको बताउनुभयो । आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ वास हुने धर्मग्रन्थमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू