अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०० | Colorodo: 12:15

गृहमन्त्रीको राजीनामा माग्दै नेविसंघले गर्‍यो पुत्ला दहन

बिआरटीनेपाल २०८१ वैशाख ५ गते ७:२० मा प्रकाशित

नेपाल विद्यार्थी संघ आर आर क्याम्पस इकाईले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन तथा मसाल जुलुससहित विरोध गरेको छ।

नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाईले बुधबार दबाब स्वरुप गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको हो। कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति माग गर्दै संसद्‌मा पनि विरोध जनाइरहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू