अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३६ | Colorodo: 11:51

रुसले गरेको आक्रमणमा अहिलेसम्म सैनिकसहित झण्डै ३७ हजार जना बेपत्ता : युक्रेन

बिआरटीनेपाल २०८१ वैशाख ५ गते ७:११ मा प्रकाशित

सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमा आक्रमण शुरु गरेयता सैनिकसहित झण्डै ३७ हजार व्यक्ति ‘बेपत्ता’ रहेका युक्रेनले जनाएको छ । रूसी सेना अझै पनि युक्रेनको पाँच भागको एक भागमा उपस्थित रहेकोले बेपत्ताको यकिन सङ्ख्या पुष्टि गर्न निक्कै कठिन रहेको उसको भनाई छ । तर बालबालिका, सर्वसाधारण र सेना गरी झण्डै ३७ हजार जना बेपत्ता भएका र यो सङ्ख्या अझै धेरै हुन सक्ने युक्रेनका मानव अधिकार आयुक्त दिमित्रो लुबिनेट्सले बताउनुभएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

मानव अधिकारवादी समूहले रूसले कब्जा गरेको क्षेत्रमा बालबालिकालाई जबर्जस्ती बेपत्ता पारेको र अपहरण गरेको आरोप लगाएका छन् । संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले गएको मार्चमा सार्वजनिक गरेको प्रतिवेदनमा रूसको आक्रमण पछि कम्तीमा १० हजार ८ सय १० जनाको ज्यान गएको उल्लेख छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धको पहिलो दुई वर्षमा ३१ हजार युक्रेनी सैनिक मारिएका बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू