अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४६ | Colorodo: 07:01

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान, कांग्रेसको आपत्ति

बिआरटीनेपाल २०८१ वैशाख ५ गते ७:०७ मा प्रकाशित

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाको अधिवेशन वैशाख ७ गतेको लागि आह्वान गर्नुभएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिसअनुसार अधिवेशन आह्वान भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ ।

यही अधिवेशनमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने तयारी गर्नुभएको छ । सभामुखलाई पनि गणना गरेर नियुक्त हुनुभएका मुख्यमन्त्री अधिकारीको नियुक्ति सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन छ । यस मुद्दामा वैशाख १० गते पेशी तोकिएको छ । सर्वोच्चले दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश दिएको छ ।

यसैबीच गण्डकीमा नेपाली कांग्रेसले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा प्रदेशसभा बैठक आह्वान गरिएकोप्रति आपत्ति जनाएको छ । कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले विज्ञप्ति निकालेर प्रदेश प्रमुखको कदम गैरजिम्मेवार रहेको बताउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू