अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४० | Colorodo: 11:55

मानविकीका उत्कृष्ट विद्यार्थीले थेसिस लेख्न २५ हजार पाउने

बिआरटीनेपाल २०८१ वैशाख ४ गते ७:४१ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) र नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास)बीच थेसिस गर्न सिनासवृत्ति स्थापना गर्ने सहमति भएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकाय अनर्तगतका केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीहरुको शोधकार्य गर्न प्रति विभाग एक विद्यार्थीलाई सिनासवृत्ति दिने सहमति भएको स्ववियु सभापति श्यामराज ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार यही शैक्षिक सत्रबाट लागू हुने गरी विभागबाट सिफारिस भइआएका सर्वोत्कृष्ट विद्यार्थीलाई प्रतिविद्यार्थी २५ हजार रकम प्रदान गरिनेछ ।

त्यसको लागि सिनासले केन्द्रीय विभाग र स्ववियुसँग समन्वय गरी आवश्यक कार्यविधि बनाएर शैक्षिक सत्र २०८०/०८१ बटा निरन्तर रुपमा सञ्चालनमा ल्याइने सिनासका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

प्रतिक्रिया