अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५२ | Colorodo: 14:07

सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरू

बिआरटीनेपाल २०८१ वैशाख ४ गते ७:३५ मा प्रकाशित

आजदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरू भएको छ।  मंगलबार अपराह्न ४ बजेदेखि मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म रथयात्रा भएको हो। जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म रथयात्रा हुँदैछ।

यस्तै, वैशाख ५ गते साँझ ५ बजेदेखि असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोकासम्म रथ यात्रा हुनेछ भने ७ गते ४ बजेदेखि हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म रथयात्रा हुनेछ।

त्यस्तै, वैशाख ८ गते साँझ ५ः३० देखि लगन, ज्याबहाल द्यः, यूतुननि, कोहिति, भिमसेनस्थान, मरू, यटखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्र बहालसम्म रथयात्रा हुने कार्यक्रम छ।

प्रतिक्रिया