अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१४ | Colorodo: 22:29

सुनको मूल्यमा नयाँ कीर्तिमान, एकैदिन बढ्यो १ हजार ७ सय रुपैयाँ

बिआरटीनेपाल २०८१ वैशाख ४ गते ७:२० मा प्रकाशित

नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन सोमवारको तुलनामा १ हजार ७ सय रुपैयाँले उकालो लागेर १ लाख ३९ हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।तेजाबी सुन आज प्रतितोला १ लाख ३८ हजार ५ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ५० रुपैयाँ निर्धारण भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू