अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४३ | Colorodo: 15:58

सरकार अर्थतन्त्र सुधार्न गम्भीर छ, म निरन्तर लागिरहेको छु : प्रधानमन्त्री

बिआरटीनेपाल २०८१ वैशाख ४ गते ७:१६ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ । नेपाल उद्योग परिसंघको २१ औँ वार्षिक साधारणसभामा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि आफू निरन्तर लागिरहेको बताउनुभयो । यद्यपि अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग निरन्तर छलफल गर्दा पनि सोचेजस्तो परिणाम नआएको उप्रधानमन्त्रीको भनाई छ ।

प्रधानमन्त्रीले लगानी सम्मेलनपूर्व नै उद्योगी तथा व्यवसायीले सुझाउँदै आएका ऐन कानुन सुधार गर्ने पनि बताउनुभयो । ‘अर्थतन्त्र सुधारका लागि गम्भीर छ । त्यसका लागि म निरन्तर लागिरहेको छु,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘अर्थतन्त्र सुधारका लागी सकारात्मक हस्तक्षेप गर्दै आइरहेको छ, गर्नेछ ।’ निजी क्षेत्रमा देखिएको निराशालाई चिर्दै मनोबल बढाउन लागिरहेको उहाँको भनाई छ । साथै, नीति कार्यक्रमलाई बजेटले नसमेट्ने गरेको भन्दै प्रधानमन्त्रीले त्यसलाई अन्त्य गर्न निर्देशन दिएको बताउनुभयो ।

‘नीति कार्यक्रम धेरै राम्रो भनिएको हुन्छ । तर, त्यसलाई बजेटले छुदैन । यस वर्ष त्यो कुराको अन्त्य गर्न निर्देशन गरेको छु ।’  एक अर्को प्रसंगमा उहाँले नेपालमा अर्को चुनाव नहुँदासम्म अहिलेको सरकार चल्ने पनि दाबी गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू