अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०९ | Colorodo: 15:24

सत्ता समीकरण ढाल्न देशी–विदेशी शक्तिले षड्यन्त्र गरिरहेका छन् : अध्यक्ष ओली

बिआरटीनेपाल २०८१ वैशाख ४ गते ७:१० मा प्रकाशित

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता समीकरण ढाल्नका लागि देशी–विदेशी शक्तिले षड्यन्त्र गरिरहेको दाबी गर्नुभउको छ । मंगलबार झापा जिल्ला कमिटीको बैठकमा अध्यक्ष ओलीले केही घटना घटिहाले अप्ठेरो नमान्न आग्रह गर्नुभयो। “अहिले यो समीकरण ढाल्नका लागि देशी विदेशी शक्तिहरूले षड्यन्त्र गरिरहेका छन् । तर, सक्दैनन् । केही घटना घटिहाल्दा साथीहरूले अप्ठेरो नमान्नुहोला, लौ बर्बाद भयो भनेर नठान्नुहोला, बर्बाद हुँदैन,” ओलीले भन्नुभयो ।

एमालेले पहिले प्रधानमन्त्री बनाएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्मलिएर कांग्रेससँग सहकार्य गर्न पुगेको र अहिले देशको पक्षमा निर्णय गरेको बताउनुभयो । ओलीले एमालेले गठबन्धनमा गृहसहित मन्त्रालय छाड्यो भनेर बाहिर टिप्पणी भएको भन्दै पहिलेको गठबन्धन ढाल्नु उपलब्धि भएको बताउनुभयो । “हामीले गठबन्धन ढाल्नु थियो, गठबन्धन ठाल्दियौँ । कुन मन्त्रालय, कुन मन्त्रालय भन्ने होइन । हाम्रो गृहमन्त्री, हाम्रो प्रधानमन्त्री हाम्रो सरकार,” ओलीले भन्नुभयो, “पहिले प्रचण्डजीलाई प्रधानमन्त्री बनाएको थिएँ । केही अल्मलिनुभयो, झुक्किनुभयो । फेरि हामी उहाँलाई कन्भिन्स गर्नुभयो । अहिले साहसिक निर्णय गर्नुभएको छ । देशको पक्षमा निर्णय गर्नुभएको छ,” । ओलीले एमालेतिर बक्र दृष्टि नलगाउन चेतावनी पनि दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू