अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१० | Colorodo: 17:25

सुप्रिम सहकारी घोटाला प्रकरण : दीपेश पुनसहित ३ जनाको बयान सकियो

बिआरटीनेपाल २०८१ वैशाख ४ गते ७:०५ मा प्रकाशित

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटाला प्रकरणमा पक्राउ परेका तीन जनाको आज जिल्ला अदालतमा बयान लिइएको छ । प्रहरीले पक्राउ गरेका सहकारीका अध्यक्ष ओम गुरुङ, सहकारीका पूर्व सचिव दीपेश पुन र सहकारीको भैरहवा व्यवस्थापक दुर्गा चापागाईँको बयान सकिएको जिल्ला अदालत रुपन्देहीमा सूचना अधिकारी अधिकारी अनन्त राम मरासिनीले बताउनुभयो ।

उनीहरूलाई सरकारी वकिल कार्यालय हुँदै अदालतमा बयान लिइएको हो । भोलि बिदा भएको कारणले प्रहरीले पक्राउ गरेका अन्य तीन जनाको बयान भने पर्सीमात्र लिइने उहाँको भनाई छ । निता थापा मगर, दीपक न्यौपाने र रोशनी गुरुङलाई पक्राउ परेका छन् । सोमबार ओखलढुङ्गा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाउन सरकारी वकिले जिल्ला अदालतमा मुद्दा दर्ता गराएको छ । प्रहरीले पक्राउ परेका सबैको बयान सकिएपछि थुनछेक बहस हुनेछ ।

उक्त मुद्दामा १ अर्ब २ करोड माग दाबी लिनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइएको थियो । सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाएर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् । उनीहरूको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको देखिएको छ । तर, सहकारीको कुल १ अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सोही आधार मुद्दा दायर गरिएको हो । अभियोग पत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेसमेतको नाम उल्लेख छ । ग्यालेक्सी टेलिभिजनको सञ्चालकको रूपमा रहेका लामिछानेको नाममा करोडौँ रुपैयाँ आएको देखिन्छ ।

प्रतिक्रिया