अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४१ | Colorodo: 11:56

इरानले इजरायलमा गरेको आक्रमणपछिको मध्यपूर्वको अवस्थाबारे अमेरिका र इराकबीच छलफल

बिआरटीनेपाल २०८१ वैशाख ४ गते ६:५० मा प्रकाशित

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले मध्य–पूर्वको सुरक्षालाई लिएर इराकका उपप्रधानमन्त्री मोहम्मद अली तमिमसँग छलफल गर्नुभएको छ । इरानले गएको शनिवार इजरायलमाथि गरेको आक्रमणलाई लिएर अमेरिकी विदेशमन्त्री र इराकका उपप्रधानमन्त्रीबीच छलफल भएको बीबीसीले जनाएको छ ।

विदेशमन्त्री ब्लिन्कनले उपप्रधानमन्त्री तमिमसँग अमेरिकाले इरानसँग तनाव बढाउन नचाहेको तर इजरालयको पक्षमा रहेको बताउनुभएको खबरमा उल्लेख छ । तमिमले आफ्नो सरकारको तर्फबाट मध्य–पूर्व क्षेत्रलाई युद्धतर्फ धकेल्ने र अन्तर्राष्ट्रिय शान्ति सुरक्षामा खतरा देखिएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

इरानले शनिवार राति इजरायलमाथि झन्डै तीन सय वटा ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको थियो । इजरायलले भने इरानले प्रहार गरेको झन्डै ९९ प्रतिशत ड्रोन र क्षेप्यास्त्र विफल बनाएको दाबी गरेको छ । गएको अप्रिल १ मा सिरियाको दमास्कसमा रहेको इरानी वाणिज्य दूतावासमा इजरायलले क्षेप्यास्त्र आक्रमण गरेर दुई जना इरानी कमाण्डरसहित १३ जनाको हत्या गरेपछि त्यसको बदलामा इरानले इजरायलमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू