अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०० | Colorodo: 18:15

शेयरबजार झण्डै १५ अङ्कले घटेर दुई हजार विन्दुबाट तल झर्यो

बिआरटीनेपाल २०८१ वैशाख ४ गते ६:३४ मा प्रकाशित

आज पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । पछिल्ला चार वटा कारोबार दिनदेखि घटिरहेको शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव  ८१ अङ्कले घटेर एक हजार नौ सय ९१ दशमलव ७१ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर ओरालो लागेको छ ।

सबैभन्दा धेरै रुरु जलविद्युत परियोजनाको शेयर १० प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज एसबीएल डिबेञ्चर २०८९ र गुर्खाज फाइनान्सको शेयर १० प्रतिशतले बढेको छ । आज ५४ लाख ७१ हजार कित्ता शेयर दुई अर्ब १० करोड ३० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको १७ करोड ५९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू