अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४५ | Colorodo: 14:00

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा एक लाख ४४ हजार जना विदेशी पर्यटक भित्रिए

बिआरटीनेपाल २०८१ वैशाख ३ गते ९:०० मा प्रकाशित

पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा एक लाख ४४ हजार छ सय ७५ जना विदेशी पर्यटक भित्रिएका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार गएको साउनदेखि चैतसम्मको अवधिमा दक्षिण एसियाली देशका ५९ हजार नौ सय ३९ र अन्य देशका ८४ हजार सात सय ३६ जना पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् । चैतमा मात्र ३५ हजार दुई सय ६५ जना विदेशी पर्यटक अन्नपूर्ण क्षेत्र घुम्न आएका आयोजना प्रमुख डाक्टर रविन कडरियाले जानकारी दिनुभयो । यो वैशाख महिनामा पर्यटक सङ्ख्या थप बढ्ने प्रमुख डाक्टर कडरियाको अनुमान छ ।

असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्रा पर्यटनका लागि सबैभन्दा उत्तम मानिन्छ । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृतिका कारण पर्यटकको रोजाइमा पर्ने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू