अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४३ | Colorodo: 18:58

अफगानिस्तान र पाकिस्तान बाढीको चपेटामा

बिआरटीनेपाल २०८१ वैशाख ३ गते ८:५५ मा प्रकाशित

अफगानिस्तानमा भारी वर्षापछि आएको बाढी र चट्याङ लागेर ३३ जनाको मृत्यु भएको छ । वर्षा र बाढीका कारण सयौं घर डुबानमा परेका छन् । अफगानिस्तानको प्राकृतिक प्रर्वधन मन्त्रालयका अनुसार राजधानी काबुल लगायत अन्य प्रान्तहरु बाढीको चपेटामा परेका छन् । बाढीले अफगानिस्तानको फराह, हेरातका हजारौं नागरिक बिस्थापित भएका छन् ।

अफगानिस्तानको ३४ प्रान्तमा भारी बर्षाको सम्भावना रहेको भन्दै सो प्रान्तका सर्वसाधारणलाई सचेत रहन अपील जारी गरिएको छ । बाढीले यातायात सेवा समेत अवरुद्ध भएको छ ।उता पाकिस्तान पनि बाढीको चपेटामा परेको छ । पाकिस्तानमा बाढीमा परि २४ जनाको मृत्यु भएको छ भने वर्षाका कारण हजार भन्दा बढी घर क्षतिग्रस्त भएका छन् । वर्षाले २ सय ५० भन्दा बढी पशु चौपाया पनि मारिएका छन् ।

वर्षाका कारण पाकिस्तानको पंजाव प्रान्त बढी प्रभावित बनेको छ । पाकिस्तानका मौसमविद्हरुले भारी वर्षा अझै केही दिन रहने भएकाले सचेत रहन अपिल गरेका छन् । पाकिस्तानमा वर्षेनी बाढीमा परि सयौंको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू