अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२८ | Colorodo: 11:43

नयाँ वर्षकाे दाेस्राे काराेबार दिन शेयर बजार झण्डै १७ अङ्कले घट्याे

बिआरटीनेपाल २०८१ वैशाख ३ गते ८:४७ मा प्रकाशित

नयाँ वर्षकाे दाेस्राे काराेबार दिन पनि शेयर बजार घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ८२ अङ्कले घटेर दुई हजार छ दशमलव ५२ विन्दुमा झरेको छ । हिजाे नयाँ वर्षकाे पहिलाे काराेबार दिन शेयर बजार दुई अङ्कभन्दा धेरैले घटेकाे थियाे । आज सबै समूहको शेयर घटेकोमा उत्पादन, होटल, बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज गुराँस लघुवित्त र दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन माच्छापुच्छ्रे डिबेन्चर २०८७ र मेन्छियाम हाइड्रोपावर कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ । आज तीन सय १४ वटा कम्पनीको ७२ लाख २३ हजार कित्ता शेयर दुई अर्ब ७९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको १७ करोड ७३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू