अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५६ | Colorodo: 13:11

इङ्ग्ल्यान्ड ‘सी’ सँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोली घोषणा

बिआरटीनेपाल २०८१ वैशाख २ गते ८:४१ मा प्रकाशित

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले इङ्ग्ल्यान्डको ‘सी’ टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । मैत्रीपूर्ण फुटबलका लागि मुख्य प्रशिक्षक अल्बर्टाे एनिसले २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका छन् । नेपाल र इङ्ग्ल्यान्डबीचको मैत्रीपूर्ण फुटबल आउँदो मे महिनामा इङ्ग्ल्यान्डमा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

नेपाली टोलीको गोलकिपरमा अभिषेक बराल, विशाल सुनार, किरण चेम्जोङ र सन्तोष महत रहेका छन् । डिफेन्डरमा अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी र योगेश गुरुङ परेका छन् ।

यस्तै मिडफिल्डरमा भरत खवास, लेकेन लिम्बु, मनीकुमार लामा, मनिष डाँगी, उत्सव राई, फत्तेमान घले र रोहन कार्कीको नाम परेको छ । साथै फरवार्डमा अञ्जन विष्ट, दिनेश हेन्जन, जिलेस्पीजङ्ग कार्की, हिशुब थपलिया, समिर तामाङ, सञ्जीव विष्ट र राजेश परियार रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू