अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४७ | Colorodo: 23:02

मर्स्याङ्दी जलाशयमा मोटरबोट सञ्चालनमा आयाे

बिआरटीनेपाल २०८१ वैशाख २ गते ८:३६ मा प्रकाशित

तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा आजदेखि मोटरबोट सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि पृथ्वी राजमार्गको छेउमा रहेको जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गरेको हो । गण्डकी प्रदेशका विनाविभागीयमन्त्री हरिबहादुर चुमानले आज मोटरबोटको उद्धाटन गर्नुभयो ।

कम्पनीले थप तीन करोड रुपैयाँ लगानी गरी जलाशय किनारमा ‘बिच रेस्टुरेन्ट’, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टरसहितको संरचनाहरू बनाउने योजना रहेको जनाएको छ ।

यसअघि नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिटै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको मोटरबोटका सञ्चालक विष्णु ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू