अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२८ | Colorodo: 13:43

दीपेन्द्र बने एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी

बिआरटीनेपाल २०८१ वैशाख १ गते ८:०१ मा प्रकाशित

नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी प्रिमियर कपमा कतारविरुद्धै एकै ओभरमा ६ छक्का हानेका छन् ।दीपेन्द्र नेपालबाट एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी समेत बनेका हुन् । यसअघि दीपेन्द्रले केही महिनाअघि मंगोलियाविरुद्ध दुई फरक ओभरमा लगातार ६ छक्का हानेका थिए ।

तर एकै ओभरमा हानेका थिएनन् ।दीपेन्द्रले कतारका कमरान खानलाई अन्तिम ओभरमा ६ छक्का हानेका हुन् । दीपेन्द्रले २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रन बनाए । नेपालले कतारलाई २११ रनको विशाल लक्ष्य दिएको छ । नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू