अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०८ | Colorodo: 13:23

एसीसी प्रिमियर कप : यूएईको लगातार दोस्रो जीत, कुवेतले कम्बोडियालाई हरायो

बिआरटीनेपाल २०८१ वैशाख १ गते ७:४२ मा प्रकाशित

एसीसी प्रिमियर कप क्रिकेटमा आज यूएई र कुवेत विजयी भएका छन् । ओमानमा भएको खेलमा कुवेतले कम्बोडियालाई ८ विकेटले हरायो ।कम्बोडियाले दिएको एक सय ४२ रनको लक्ष्य कुवेतले ११ ओभर दुई बलमा दुई विकेट गुमाएर भेटायो । कुवेत हिजो शुक्रवार भएको खेलमा यूएईसँग पराजित भएको थियो । कम्बोडिया भने आज पहिलो खेलमा पराजित भएको हो ।

आजै भएको अर्को खेलमा यूएईले बहराइनलाई ३७ रनले हराएको छ । यूएईले दिएको दुई सय ३७ रनको लक्ष्य पछ्याएको बहराइनले २० ओभरमा आठ विकेट गुमाएर एक सय ९९ रन बनायो । उसका इमरान अनवरले २२ बलमा ६० रन बनाए । यूएईका आयान अफजल खानले तीन विकेट लिए । पहिले ब्याटिङ गरेको यूएईका लागि आलिशान सफारुले ७८, आशिफ खानले ६६ र मोहम्मद वासिमले ६५ रन बनाएका थिए । बहराइनका इमरानले अनवरले तीन विकेट लिए ।

यूएईले हिजो कुवेतलाई हराएको थियो भने बहराइन आयोजक ओमानसँग पराजित गरेको थियो । लगातार दुई जितसहित यूएई समूह ‘बी’ को शीर्ष स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू