अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२७ | Colorodo: 12:42

अष्ट्रेलियाको सिड्नीमा एक व्यक्तिले छुरा प्रहार गर्दा पाँचजनाको ज्यान गयो

बिआरटीनेपाल २०८१ वैशाख १ गते ७:४१ मा प्रकाशित

अष्ट्रेलियको सिड्नीको एक व्यापारिक मलमा एकजना व्यक्तिले छुरा प्रहार गर्दा पाँचजनाको ज्यान गएको छ । धेरै व्यक्ति घाइते भएका छन् । ज्यान गुमाउनेमा नौ महिनाका बच्चासमेत रहेका बीबीसीले जनाएको छ । छुरा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले गोली हानेर मारेको छ । अहिले मललाई प्रहरीले घेरा हालेर राखेको छ र मानिसलाई घटनास्थलबाट टाढै रहन भनेको छ ।

एउटा भिडियो फुटेजले घटनास्थलमा दर्जनौं प्रहरी र एम्बुलेन्स देखाएको छ र सामाजिक सञ्जालमा शेयर भएका तस्बिरले धेरै घाइते गम्भीर अवस्थामा रहेको देखाएका छन् । छुरा र गोली काण्डले अष्ट्रेलियभरकै जनजीवन भयभित भएको समाचारमा जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू