अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५७ | Colorodo: 13:12

बैंक तथा वित्तीय संस्थाको पूँजी कोष करिब सवा ७ खर्ब

बिआरटीनेपाल २०८० चैत ३० गते ७:२६ मा प्रकाशित

बैंक तथा वित्तीय संस्थाको पूँजी कोष (क्यापिटल फण्ड) ७ खर्ब १९ अर्ब ७४ करोड १० लाख रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार एक महिनामै बैंकको पूँजी कोष ०.०३ प्रतिशतले बढेको हो । अघिल्लो महिना यस्तो पूँजी ७ खर्ब १९ अर्ब ५५ करोड ६० लाख रुपैयाँ थियो ।यसमा कमर्सियल बैंकको मात्र ६ खर्ब ४४ अर्ब ४५ करोड ६० लाख रुपैयाँ छ । यस्तै, विकास बैंकको ५७ अर्ब ४ करोड २० लाख रुपैयाँ छ भने फाइनानन्स कम्पनीहरुको १८ अर्ब २४ करोड ३० लाख पूँजी कोष छ । झण्डै सवा ७ खर्ब पूँजी हुँदा पनिज नेपालका बैंकहरु पूँजी कोषको दबाबमा छन् ।

बैंकहरुले पूँजी कोष ८.५ मा ०.५ प्रतिशत काउन्टर साइक्लिकल बफर थपेर ९ प्रतिशत प्राथमिक पूँजी कोष व्यवस्थापन गर्न सकेन भने आगामी आर्थिक वर्षमा आफ्ना लगानीकर्तालाई लाभांश वितरण गर्न सक्दैनन् । अहिलेसम्मको अवस्थामा कुमारी बैंक, एनआईसी एसिया बैंक र प्रभु बैंकको प्राथमिक पुँजी कोष ८.५ प्रतिशतभन्दा तल रहेको छ ।कुमारी बैंकको प्राथमिक पूँजी कोष ८.०३ प्रतिशतमात्र छ । यसैगरी, एनआईसी एसिया बैंकको प्राथमिक पूँजी कोष ८.०४ प्रतिशत र प्रभु बैंकको प्राथमिक पूँजी कोष ८.१२ प्रतिशत रहेको छ । बैंकको प्राथमिक पूँजी कोष पुगेन भने बैंकले आफ्ना लगानीकर्तालाई लाभांश बाँड्न पाउदैन ।

पूँजी कोष भन्नाले प्राथमिक पूँजी र पुरक पूँजीको योग हो । पूँजी कोष नियमनकारी निकायले क्यापिटल एडुकेसी फ्रेमवर्कमार्फत निर्धारित गरेको पूँजी हो जसलाई रेगुरेलटरी क्यापिटल समेत भनिन्छ । नियामकीय प्रावधानअनुसार प्राथमिक पूँजी कोष ८.५ प्रतिशत कायम नगर्ने बैंकहरूको लाभांश रोक्का हुनेछ ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू