अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३१ | Colorodo: 22:46

ग्रामीण विकास बैंक चितवनका वरिष्ठ फिल्ड सहायकविरुद्ध भ्रष्टाचार मुद्दा

बिआरटीनेपाल २०८० चैत ३० गते ६:५७ मा प्रकाशित

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड टाँडी चितवनका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीविरुद्ध १९ लाख दुई हजार दुई सय ३७ रुपैयाँकाे भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार घिमिरेले वरिष्ठ फिल्ड सहायक पदमा कार्यरत रहँदा आर्थिक वर्ष २०६८/०६९ देखि कार्यरत बैंकको रकम अपचलन तथा हिनामिना गरेको पाइएको छ । आयोगले विशेष अदालत काठमाण्डौमा आज आरोपपत्र दायर गरेको हो ।

अधिकारीले नक्कली सदस्य बनाई विना धितो कर्जा दिएको, ऋणीबाट असुली भएको साँवा तथा ब्याज रकम असुली नदेखाई जग्गा खरिदमा प्रयोग गरेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू