अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३२
| Colorodo: 20:47
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसद सञ्चालन गर्न नदिएका कारण चालु संसद अधिवेशन अन्त्य गर्नुपरेको बताउनुभएको छ ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो प्रतिक्रया दिनुभएको हो । उहाँले संसद अधिवेशन अन्त्य र शुरु हुने क्रम जारी रहने बताउनुभयो ।
प्रधानमन्त्री दाहाल र ओलीबीच आज समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको थियो ।