अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०१ | Colorodo: 20:16

राष्ट्रिय सभाको सदस्य पदमा डा. अञ्जान शाक्यलाई मनोनयन गर्न सिफारिस

बिआरटीनेपाल २०८० चैत ३० गते ६:२० मा प्रकाशित

सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको जानकारी गराउनुभयो ।

प्रवक्ता शर्माले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले आयोगको अध्यक्षमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई तोक्ने निर्णय गरेको छ । यस्तै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य सदस्य रहने व्यवस्था रहेको बताउनुभयो ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल सदस्य, डा. अर्जुनकुमार कार्की सदस्य, स्टेला तामाङ सदस्य अन्तर्गत सिफारिस समिति बनेको उहाँले बताउनु भयो । यस्तै सरकारले सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिएको पनि मन्त्री शर्माले जानकारी गराउनुभयो । यस्तै बैठकले संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको लागि डा. दामोदर पौडेललाई अवैतनिक वाणिज्यदुत पदमा नियुक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू